|

बैतडी : हेटौँडास्थित सञ्चो अस्पतालका डा. विकास थापा र डा. प्रशान्त विंडारीमाथि साङ्घातिक आक्रमण भएको विरोधमा बैतडीका चिकित्सक आन्दोलित भएका छन्।

अस्पतालमा कार्यरत डाक्टरमाथि भएको आक्रमणको निन्दा गर्दै जिल्ला अस्पताल बैतडीमा कार्यरत चिकित्सकले आज कालोपट्टी बाँधेर विरोध गरेका छन्।दोषीलाई कारबाहीको माग गर्दै उनीहरूले बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलाई ज्ञापनपत्र बुझाएका छन्। शुक्रबारदेखि सेवा बन्द पार्ने उनीहरूले बताए।

स्वास्थ्यकर्मी र चिकित्सकले सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग राख्दै आन्दोलन थालेको जिल्ला अस्पताल बैतडीका डा. धीरज जैसवालले  बताए।  

डाक्टरमाथि लामो समयदेखि आक्रमण हुँदै आएकाले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सुरक्षाको प्रत्याभूति नहुँदासम्म बिरामीको जाँच गर्न नसिकने चिकित्सकले प्रशासनलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ। 

यसैबीच आन्दोलित चिकित्सकले शुक्रबारदेखि जिल्ला अस्पताल बैतडीमा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने जनाएका छन्। दोषीमाथि कारबाही नभएसम्म आन्दोलनका कार्यक्रम नरोकिने उनिहरूले बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.