|

पाकिस्तानमा यस वर्ष बेरोजगारहरूको संख्या ५६ लाख पुग्ने प्रक्षेपण गरिएको छ। अन्त्रार्राष्ट्रिय समाचारहरूका अनुसार २०२१ यता १५ लाखले वृद्धि भएको  छ।

पाकिस्तानको श्रम बजार कोभिड—१९ महामारी र आर्थिक संकटबाट पूर्ण रूपमा बाहिर आउन नसेकेको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को रिपोर्टलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ।

यसबाहेक महिला बेरोजगारी दर ११ दशमलव १ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ। आईएलओ को प्रक्षेपण अनुसार, २०२३ मा पाकिस्तानको रोजगारी—जनसंख्या अनुपात ४७ दशमलव ६ पुग्ने संकेत देखिएको छ।  

पछिल्लो समय पाकिस्तानले धेरै अनौपचारिकता र बाहिर बसाइँ सर्ने क्रममा धेरै चुनौतीहरूको सामना गरिरहेको छ जसले यसको श्रम बजारमा ठूलो असर गरिरहेको छ।

२०२२ को विनाशकारी बाढी र वर्तमान आर्थिक संकटको कारण पाकिस्तानको अर्थतन्त्रले नकारात्मक वृद्धि र मुद्रास्फीतिको दबाबको सामना गरिरहेको छ।

जुन ३० मा समाप्त भएको आर्थिक वर्षमा पाकिस्तानको कुल ऋण र दायित्व २९ प्रतिशतले बढेर रु ५६ दशमलव २१ ट्रिलियन पुगेको केन्द्रीय बैंकले उल्लेख गरेको  छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.