काठमाडौं : नेपालमा बनेका सामग्रीहरूलाई प्रवर्द्धन गर्न ‘अबिर आर्तिसन फेस्टिभल’ मा ५० भन्दा बढी स्टलहरू हुने भएका छन्। असोज १३ र १४ गते पाटन संग्रहालयलमा नयाँ-नयाँ उद्यमीलाई प्रोत्साहन गर्न अबिर आर्तिसन फेस्ट हुँदैछ।
फेसनका पोशाक, हस्त सामग्री,फेसन, लाइफ स्टाइल, क्रोक्टेड, (कुरूस) ले वुनेको, केनीवेर (काति)ले बुनेको, संगीतका कार्यक्रम तथा खानाका साथै स्थानीय स्तरमा निर्मित सामग्रीहरू राखिने भएको छ।
साना घरेलु तथा साना उद्योग महासंघ ललितपुर र ललितपुर महानगर समिति अबिर डिजाइनर्स हबको आयोजनमा दुई दिनसम्म फेस्ट हुन लागेको हबकी निर्देशक बिनी बज्रचार्यले जानकारी दिइन्।
फेस्टमा सहभागीले आफ्नो क्षमता अनुसार सीपको प्रदर्शन गर्नसमेत पाउने उनले बताइन्। ‘कपडामा आधारित, कलाकार र शीपकर्मीहरू तथा युवालाई लक्षित गरेर र नेपालमा निर्मित सामग्रीको प्रवर्द्धन गर्न यो फेस्टिभलले सहयोग गर्नेछ’, उनले भनिन्।
कोभिड-१९ को कारणले साना व्यवसायी तथा सीपकर्मीहरूको मनोबल उच्च राख्न अबिर अर्तिसन फेस्ट स्थापना भएको थियो। सन् २०२१ देखि अबिर आर्टिसन सुरु भएको थियो।
यसअघि पनि तीन पटक अबिरले नेपाली उत्पादनलाई प्रवर्द्धन गर्न फेस्टिभल गरिसकेको छ। ललितपुर महानगर समिति अबिर डिजाइनर्स हबको संयुक्त सहकार्यमा प्रत्येक साता साना घरेलु तथा साना उद्योग महासंघ ललितपुरले साना उद्योग व्यवसायीलाई प्रोत्साहन गर्न कार्यक्रम गर्दै आइरहेको ब्रजचार्यले बताइन्।
‘ललितपुर महानगरपालिकाका र मोफसलका साना व्यवसायीलाई प्रोत्साहन तथा प्रवर्द्धन गरिरहेको अबिर आर्तिसनले गरिरहेको छ,’ उनले थपिन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।