काठमाडौँ : अर्थतन्त्रमा सुधार ल्याउन अर्थमन्त्री डा. प्रकाशशरण महत असफल देखिएका छन् । अर्थमन्त्री डा महत पार्टी सभापति शेरबहादुर देउवा र देउवा परिवारको वरिपरि मात्रै घुम्दा सुधार ल्याउन असफल देखिएका अर्थतन्त्रका विज्ञहरुले बताएका छन् ।
महतले नचाहँदा-नचाहँदै देउवाको दबाबमा अर्थ सचिवमा दौडधुप र शक्तिकेन्द्र रिझाउन खप्पिस कृष्णहरि पुस्कर अर्थ मन्त्रालयबाट बाहिरिएको आठ महिनापछि अर्थ मन्त्रालयमै फर्किएका छन् । आफैंले रुचाएका अर्थसचिवबाट प्रगति आउन नसकेका बेला पुष्कर आएपछि झन् समस्या बल्झिने अनुमान गरिएको छ ।
आफैँले ल्याएको सचिवलाई पाँच महिना नपुग्दै फाल्नुपर्ने बाध्यता आउनुले मन्त्रालय बाहिरबाट चलेको भएको प्रस्ट देखिएको श्रोतले बताएको छ । पुष्कर अर्थ मन्त्रालयबाट गत वर्ष पुसमा बाहिरिएछि तोयम राय र अर्जुनप्रसाद पोखरेल अर्थसचिव भएका थिए ।
महत स्वयंले गत वैशाखमा तोयमलाई हटाएर पोखरेललाई ल्याएका थिए। पुष्कर राजस्व सचिव हुँदा सिसीटीभी फुटेज प्रकरणमा चर्चित बनेका थिए । पुष्करलाई राजस्व सचिवको जिम्मेवारी दिँदा अर्थमन्त्रीमा माओवादीका जनार्दन शर्मा थिए।
अहिले बैंकको ब्याज बढ्न थालेको छ भने महँगी गुणत्मक रुपमा बढिरहेको छ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।