|

बैतडी : संविधान दिवस २०८० को पूर्वसंन्ध्यामा  बैतडीमा आयोजित खुल्ला डबल ब्याडमिन्टन प्रतियोगिताको सुपर ८ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ।

सुपर ८ मा एक भारतीय र ७ नेपाली टोली पुगेका दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिए।

समूह ए बाट बैतडीका आनन्द थापा र कैलाश थापाको जोडी तथा डडेल्धुराका निरज सिँजापती र नन्द कठायतको जोडी, समूह बी बाट बैतडीका लोकेश ठगुन्ना र सन्तोष कनौजियाको जोडी तथा भारतका मनोज जोशी र मुकेश बर्माको जोडी सुपर ८ मा सुरक्षित भएको छ। 

यसका साथै समूह सी बाट बैतडीका चन्द्र डोबाल र भवानी भट्टको जोडी तथा डडेल्धुराका प्रेम बोहरा र राम बहादुर ठकुराठीको जोडी, समूह डी बाट बैतडीका अंकित जोशी र हरिश भण्डारीको जोडी तथा डडेल्धुराका योगेश मौनी र हरिओम केसीको जोडी पनि सुपर ८ का लागि छनौट भएको हो।

दशरथचन्द नगरपालिकाको आयोजना र कर्मचारी मिलन केन्द्रको समन्वय र सहजीकरणमा प्रतियोगिता असोज १ गते शुरु भएको थियो।

गढीस्थित  जगन्नाथ ब्याडमिन्टन कोर्टमा जारी प्रतियोगितामा २ भारतका, २ डडेल्धुरा, २ दार्चुला र २२ टोली बैतडीका गरी २८ टोलीको सहभागिता रहेको थिए।

असोज ३ गते सम्पन्न हुने प्रतियोगितामा प्रथम हुने जोडीले १५ हजार, द्वितीयले १० हजार र तृतीयले ५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।

संविधान दिवसको अवसर पारेर ब्याडमिन्टन प्रतियोगिताका साथै सरकारी कार्यालय, त्रिपुरा सुन्दरी, जगन्नाथ मन्दिर सरसफाई र शहीद दशरथचन्दको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम पनि रहेको  प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.