वर्षौंदेखिको अशान्तिको बोझले दबिएका यमनी जनता अहिले निरन्तर खडेरीको चुनौती सामना गरिरहेका छन्। यसले यमनको कृषि क्षेत्रको लागि झनै खतरा निम्त्याएको छ।
कृषि क्षेत्र युद्धग्रस्त यमनी जनताका लागि जीवन जिउने माध्यम हो। सानाको बाहिरी भागमा रहेका गाउँहरुमा सुख्खा र फुटेको माटो, सुख्खा इनारहरु देखिएका छन्।
राजधानीबाट करिव १० किलोमिटर उत्तरपूर्वमा रहेको सावन गाउँमा पानीको जलाशय सुकेका छन्। यस वर्ष यमनमा कम वर्षा भएको छ। जसकारण कृषि क्षेत्रमा उल्लेख्य अन्नबाली लगाउन जनताले सकेका छैनन्। हालैको एक प्रतिवेदनमा संयुक्त राष्ट्र (युएन) ले जलवायु परिवर्तनसम्बन्धी प्राकृतिक प्रकोपहरुले युद्धग्रस्त देशमा मानवीय संकट बढाएको र मौसमी घटनाले सिंचाई सुविधा ध्वस्त पारेको बताएको छ।
यमनमा खाद्यान्न र जीविकोपार्जनमा असुरक्षा बढ्दै गएको छ। संयुक्त राष्ट्रसंघका अनुसार यमनमा २०२२ यता प्राकृतिक प्रकोप र अन्य प्रकोपका कारण बिस्थापित व्यक्तिहरुको संख्या दोब्बर भएको बताएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।