ट्युनिसियाले लगानी, व्यापार वित्तीय सम्बन्धमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको छ।
वित्तीय लगानी र व्यापार सम्बन्धधी छैटौं अन्तर्राष्ट्रिय सम्मेलन ट्युनिसियामा बुधवार शुरु भएको हो। ट्युनिसियाका अर्थमन्त्री सिहेम बोगदिरीले बुधवार सम्मेलनको उद्घाटन गरे।
अफ्रिकी जनतासँग दिगो विकासको ग्यारेन्टी गर्ने आशाका सम्मेलन गरिएको उहाँले बताए। करिब १ हजार ट्युनिशियाली र अफ्रिकी व्यवसायीहरुलाई सम्बोधन गर्दै उनले ट्युनिशियाले अफ्रिकी देशहरुसँगको आर्थिक र राजनीतिक सम्बन्धलाई सधैँ समर्थन गर्ने बताए।
सम्मेलनमा ऊर्जा, जलवायु र दिगो विकास, डिजिटल रुपान्तरण, पूर्वाधार, पानी र खाद्य सुरक्षालगायत अफ्रिकी देशको अर्थतन्त्र र रणनीतिक मुद्दामा छलफल हुनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।