आयोजक पुष्पसदन रेडियन्टसँग पराजित

|

ललितपुर : तेस्रो पुष्पसदन कप काठमाडौँ उपत्यकाव्यापी अन्तर्विद्यालय बास्केटबल प्रतियोगितामा मेगस स्कूल, एलए र भ्याली भ्यू विजयी हुँदा आयोजक पुष्पसदन स्कूल रेडियन्ट पब्लिकसँग पराजित भएको छ। 

बिहीबार कीर्तिपुरस्थित पुष्पसदन स्कूलको बास्केटबल कोर्टमा सम्पन्न जुनियर ब्वाइजतर्फको खेलमा रेडियन्ट पब्लिक स्कूलले आयोजक पुष्पसदन स्कुललाई ३८–१६ स्कोरमा पाखा लगाएको छ। रेडियन्टका विधान कार्कीले सर्वाधिक २० स्कोर गरे। 

सिनियर ब्वाईजतर्फ मेगस स्कुलले एलआरआई स्कुललाई ५४–३९ स्कोरले पाखा लगायो। मेगसका आशिष थापा मगर एक्लैले ४४ स्कोर गर्दै सर्वाधिक स्कोरर बने। 

सिनियर ब्वाईजमै लिटिल एन्जल्र्स (एलए)ले ब्राईट होराइजनलाई मात्र ३ स्कोरको झिनो अन्तरले हराएको छ। एलएले ३१ स्कोर गर्दा पराजित ब्राईट होराइजनले २८ स्कोर गरे। सर्वाधिक स्कोरर एलएका लक्की मर्हजनले सर्वाधिक १६ स्कोर गरे। 

सिनियर ब्वाईज अन्र्तगत नै भ्याली भ्यूले हिलटाउनलाई २६–१० को स्कोरमा निराश बनाइदिएको छ। सो खेलमा भ्याली भ्यूका कमलेशले सर्वाधिक ६ स्कोर गरे। 

यसैगरी जुनियर ब्वाईजमा भ्याली भ्यूले ग्रिनफिल्डलाई ११–९ को स्कोरमा हराएको छ। भ्याली भ्यूका संयमले सर्वाधिक ६ स्कोर गरे। अंकको अन्तरले गर्दा ग्रिनफिल्ड हारे पनि सेमिफाइनलमा प्रवेश गरेको छ। 

जुनियर ब्वाईजमै ब्राईट होराईजनले जनसेवालाई २१–१३ स्कोरले हराएको छ। ब्राइट होराइजनका लागि १३ स्कोर गरेका सन्देश खेलको सर्वाधिक स्कोरर बने। 
७ गते सम्म चल्ने प्रतियोगितामा उपत्यकाका २५ विद्यालयको सहभागिता छ। प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाइएको छ। 

प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई ट्रफी, मेडल र सर्टिफिकेट प्रदान गरिनेछ भने प्रतियोगिताका बेस्ट प्लेयर, इमर्जिङ प्लेयर र फेयर प्लेका लागि पनि विशेष पुरस्कार राखिएको छ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.