|

काठमाडौं :  गोकर्णेश्वर नगरपालिका ४ मा रहेको चिनारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज आफ्नो १५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

२०६६ सालमा स्थापना भएको संस्थासँग आ. व. २०८० को आषाढ मसान्तमा  कुल सेयर पूँजी २ करोड ७५ लाख ७१ हजार ४०० रूपैयाँ  रहेको छ ।

निक्षेप संकलन तर्फ  आ.व. २०७८/०७९ को तथ्यांकअनुसार गत आ.व. २०७९/०८० को आषाढ मसान्तमा  कुल निक्षेप रकम रू २१ करोड २३ लाख ६८ हजार २६४ रूपैयाँ रहेको संस्थाले बताएको छ।

ऋण लगानी तर्फ भने संस्थाले आफ्ना सदस्यहरूमा आ.व.२०७९/०८० को आषाढ मसान्त कुल २३ करोड ६४ लाख १५ हजार २७५ रूपैयाँ लगानी गरेको छ ।

यस संस्थाको नाममा विभिन्न बैंकहरूमा रहेको मौज्दात आ.व २०७९/०८० को आषाढ मसान्त सम्म ४ करोड ३१ लाख २२ हजार १०१ रूपैयाँ तरलता कायम रहेको र जुन जम्मा बचत निक्षेपको २०.३% तरलता कायम भएको संस्थाले बताएको छ।

कुल २ करोड ७५ लाख ७१ हजार ४०० रूपैयाँ सेयर पुजी रहेको संस्थामा २ हजार ५ सय १४ जना सेयर सदस्य रहेका छन्। संस्थाको १५ औं साधारण सभाको आज एक समारोहबीच प्रतिनिधि सभा सदस्य एवम् अर्थ समितिका सभापति सन्तोष चालिसेले उद्घाटन गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.