|

टर्कीले जनवरीदेखि अगस्टसम्म ३३.४ मिलियन विदेशी पर्यटकलाई देशमा भित्र्याएको छ।

गत वर्षको तुलनामा १३.९५ प्रतिशतले पर्यटकमा वृद्धि भएको हो। टर्कीको संस्कृति तथा पर्यटन मन्त्रालयले शुक्रबार यसबारेमा जानकारी गराएको थियो।

टर्कीका लागि आर्थिक केन्द्रका रुपमा पर्यटकीय क्षेत्र हो। यस वर्षको पहिलो आठ महिनामा ११.५ मिलियन आगन्तुकहरुलाई आकर्षित गरेको मन्त्रालयले जनाएको छ। भूमध्यसागरीय प्रान्त अन्ताल्या समुन्द्री तटका लागि परिचित छ। यहाँ यस वर्ष १०.२ मिलियन पर्यटक आएका छन्।

त्यस्तै, उत्तरपश्चिमी सीमावर्ती प्रान्त एडिर्नेले छिमेकी ग्रिस र बुल्गेरियाबाट ३.२ मिलियन पर्यटक भित्र्याएको छ। पछिल्लो ८ महिनामा रुस, जर्मनी र बेलायतबाट टर्की भ्रमण गरेका छन्। टर्कीले २०२२ मा ५१.४ मिलियन पर्यटक भित्र्याएको थियो भने त्यसबाट ४६ बिलियन अमेरिकी डलर राजश्व जम्मा पारेको थियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.