सरकारले संसदमा पेश गरेको श्रम कानुनको विरोधमा ग्रिसका नागरिकहरु सडक आन्दोलनमा उत्रिएका छन्।
ग्रिसका मजदुरहरुले सडकमा उत्रिएर हड्ताल गरेका हुन्। सार्वजनिक क्षेत्र छाता युनियन एडेडी र अन्य श्रमिक संघले विधेयक फिर्ता लिन माग गर्दै २४ घण्टे हडताल गरेका छन्।
सरकारले भने यस विधेयकले अघोषित श्रमको समस्यालाई समाधान गर्ने र कामदारको आम्दानी बढाउन मद्दत गर्ने बताएको छ। विधेयकमा पूर्ण समय कर्मचारीहरुले कुल दैनिक कामको १३ घण्टाभन्दा बढी नभएसम्म दोस्रो काम पाउने शर्तहरु तोकेको छ।
त्यस्तै अर्का प्रदर्शनकारी क्याटरिना मलाकोउले सबै मिलेर कामदार, पेन्सन, बेरोजगारीलाई झनै गरिबीमा पुर्याउने काम भएको बताए। उनीहरुले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।