ललितपुर : तेस्रो पुष्पसदन कप काठमाडौँ उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधिका लागि रेडियन्ट पब्लिक स्कुल र ब्राइट होराइजन स्कुल भिड्ने भएका छन्।
आयोजक पुष्पसदन स्कुलमा ब्वाइजको सिनियर र जुनियर दुवैमा रेडियन्ट र ब्राइट होराइजन उपाधिका लागि आइतबार खेल्न लागेका हुन्।
जुनियर ब्वाइजतर्फ रेडियन्ट पब्लिक स्कूलले जनसेवा स्कुललाई २९–१८ स्कोरले हराउँदै फाइनलमा स्थान बनायो। रेडियन्टका विधान कार्कीले सर्वाधिक १५ स्कोर गरे।
अर्को खेलमा ब्राइट होराइजनले ग्रिनफिल्ड स्कूललाई ३१–२६ स्कोरले पाखा लगाउँदै अन्तिम दुईमा स्थान बनाएको छ। ब्राइट होराइजनका लागि सन्देशले सर्वाधिक १६ स्कोर गरे।
पुष्पसदन कप बास्केटबलको सिनियर ब्वाइजतर्फको सेमिफाइनलमा रेडियन्ट पब्लिक स्कूलले लिटिल एन्र्जल्स स्कूल (एलए)लाई ४४–२५ को स्कोरमा हराएको छ। रेडियन्टका लमिकले सर्वाधिक २० स्कोर गरे।
अर्को सेमिफाइनलमा ब्राइट होराइजन स्कूलले मेगस स्कूललाई ७७–७१ स्कोरले पाखा लगाएको छ। पराजित मेगसका लागि आशिष थापा मगर एक्लैले ६४ स्कोर गरेपनि टोलीलाई फाइनलसम्म पुर्याउन सकेनन्।
आइतबारसम्म चल्ने प्रतियोगितामा उपत्यकाका २५ विद्यालयको सहभागिता छ। प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाइएको छ।
प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई ट्रफी, मेडल र सर्टिफिकेट प्रदान गरिनेछ भने प्रतियोगिताका बेस्ट प्लेयर, इमर्जिङ प्लेयर र फेयर प्लेका लागि पनि विशेष पुरस्कार राखिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।