|

ललितपुर : पकिस्तान दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

समूह चरणको  आफ्नो दोस्रो तथा अन्तिम खेलमा माल्दिभ्ससँग १–१ को बराबरी खेल्दै पाकिस्तानले अन्तिम चारमा स्थान बनाएको हो। पहिलो खेलमा नेपाललाई १–० ले हराएको पाकिस्तानको समूह 'बि'मा २ खेलबाट ४ अंक भएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार सम्पन्न खेलमा माल्दिभ्सका लागि खेलको ३९औँ मिनेटमा कप्तान शनान राशिदले गोल गरे। 
खेलको ८४ औँ मिनेटमा साह जहानले गोल गर्दै पाकिस्तानलाई बराबरीमा ल्याएका थिए। 

पकिस्तानसँग बराबरी गरेको माल्दिभ्सले अर्को खेलमा नेपालसँग प्रतिस्पर्धा गर्नेछ।

१ अंक जोडेको माल्दिभ्सलाई बराबरीले पनि सेमिफाइनल पुर्‍याउनेछ भने पहिलो खेलमा पराजय भोगेको नेपालका लागि अन्तिम चारमा पुग्न जितको विकल्प छैन। 
नेपाल र माल्दिभ्सबीचको खेल सोमबार हुँदैछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.