|

काठमाडौं : इङलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लगातार छैठौं जित निालको छ। 

शनिबार सम्पन्न खेलमा सिटीले नट्टिङघम फरेस्टलाई २-० गोल अन्तरले पराजित गरेको हो। सिटीको जितमा फिल फोडेन र इर्लिंग हालाण्डले एक एक गोल गरेका थिए। यस खेलमा म्यानचेस्टर सिटीका रोड्रीले खेलको ४६औं मिनेटमा रातो कार्ड पाएर मैदान छोडेपछि सिटी १० खेलाडीमा सीमित भएको थियो। 

यो जितपछि म्यानचेस्टर सिटीले प्रिमियर लिगमा शतप्रतिशत जित निकाल्दै ६ खेलमा १८ अंक हासिल गरेको छ र लिगमा शिर्ष स्थानमा रहेको छ।

त्यसैगरी नट्टिङघमको ६ खेलमा ७ अंक रहेको छ र लिगमा १०औं स्थानमा रहेको छ।

गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई एक शुन्यले हारएको छ। यस्तै एभर्टनले बेनफ्रोडलाई ३-१ ले हारयो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.