|

ललितपुर : भुटान एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। ​

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न समूह बि को खेलमा  बगंंलादेशलाई ४–३ गो अन्तरले हराउँदै भुटान अन्तिम चारमा पुगेको छ।​ बंगलादेश भने लगातार दोस्रो पराजय ब्यहोर्दै समूह चरणबाटै बाहिरिएको छ।

खेलको तेस्रो मिनेटमै रुबेल शेखले गोल गर्दै बगंलादेशलाई अग्रता दिलाए। त्यसपछि खेलको ३० औं मिनेटमा अस्दुल मोल्लाले बगंलादेशको अग्रता दोब्बर बनाए। फेरि ३३ औँ मिनेटमा भुटानले खेलमा पुनरामन गर्‍यो।

भुटानका  जिग्मे नामगेलले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए। पहिलो हाफको इन्जुरी समयमा किन्जाङ्ग तेन्जिनले अर्को गोल गर्दै भुटानलाई २–२ को बराबरीमा पुर्याए।

फेरी दोस्रो हाफमा गएर बंगलादेशले अग्रता बनायो। खेलको ५५ औं मिनेटमा राजु जिसानले गोल गर्दै बगंलादेशलाई ३–२ को अग्रता बनाए। त्यसको १२ मिनेट पनि नबित्दै बंगाली अग्रतालाई भुटानी खेलाडीले तोडिदिए।

खेलको  ६७ औं मिनेटमा नामगेलले व्यक्तिगत दोस्रो गोल गरे। त्यसपछि ३–३ को स्थितिमा रहेको प्रतिस्पर्धात्मक खेलको ८३ औं मिनेटमा रिनजीन दोर्जीले गोल गर्दै भुटानलाई ४–३ को रोमाञ्चक जित दिलाए।

भुटान र बंगलादेशबीचको खेलको नतिजाले भारत पनि सेमिफाइनलमा पुगेको छ। बगंंलादेश पहिलो खेलमा भारतसँग ३–० ले पराजित भएको थियो। 
सोमबार हुने भुटान र भारतबीचको खेलले समूह विजेताको टुङ्गो लगाउनेछ।​

यसैगरी शनिबार नै सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा माल्दिभ्सलाई १–१ को बराबरीमा रोक्दै पाकिस्तानले पनि सेमिफाइनलमा स्थान पक्का गरेको थियो। पहिलो खेलमा पाकिस्तानसँग हारेको नेपालका लागि अर्को चरणमा पुग्न माल्दिभ्सलाई हराउैपर्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.