|

काठमाडौं : अनेरास्ववियु आरआर क्याम्पस कमिटीले आयोजना गरेको क्याम्पस खुला पुरुष फुटसल प्रतियोगिता आज (सोमबार)देखि सुरु भएको छ। भृकुटीमण्डपमा रहेकाे फुटसल मैदानमा यतिखेर खेल सञ्चालन भइरहेकाे छ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि एवं अनेरास्ववियुका अध्यक्ष समिक बडालले सडक आन्दोलनबाट नभई सिर्जनात्मक र रचनात्मक क्षेत्रबाट पनि सन्देश दिँदै आएको बताए। ‘अनेरास्ववियु आरआर क्याम्पसले कहिले खेलको माध्यमबाट कहिले सिर्जनात्मक अभ्यासबाट विभिन्न कार्यक्रम गरेको छ,आर आर क्याम्पसले एउटा अनेरास्ववियुको बिरासत बोकेको, छ,’उनले भने।

अनेरास्ववियु आरआर क्याम्पस कमिटीका अध्यक्ष लोकेश खड्काले संगठनले विद्यार्थीमाझ निरन्तर विगतदेखि नै रचनात्मक क्रियाकलाप गर्दै आएको बताए।
उनले यस्तै खेलबाट वर्षेनि हजारौँ विद्यार्थीहरुबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नमा सहयोग गर्नुका साथै खेलकुदमार्फत विश्वसामु राष्ट्रलाई चिनाउने कुरामा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए। 

उनका अनुसार उक्त खेलका लागि विभिन्न क्याम्पसबाट १६ टिम छन्। प्रथम विजेतालाई १ लाख ११ हजार १११ रुपैयाँ, उपविजेताले ५५ हजार ५५५ रुपैयाँ पाउने छन्। साथमा सिल्ड,मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। सबै खेलहरू नकआउट विधिबाट खेलाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.