|

काठमाडौं : नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। 

पार्टी कार्यालय च्यासल ललितपुरमा अध्यक्षका उम्मेदवारद्वय कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलले मतदान गरी सुरु गरिएको हो। 

सहमति र प्राविधिक तयारीका नाममा पटक पटक सर्दै आएको मतदान दिउँसो साढे १ बजे सुरु भएको मुख्य निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए।मतदानका लागि ४० वटा विद्युतीय भोटिङ मेशिन राखिएको छ। नमुना मतदान गर्दा एकजनालाई मतदानका लागि कम्तीमा १५ मिनेट लाग्ने मुख्य निर्वाचन अधिकृत मैनालीले बताए। 

१३ जिल्लाबाट १ हजार १ सय ७२ जना प्रतिनिधिले मतदान गर्नेछन्। अधिवेशनबाट ५ पदाधिकारीसहित २ सय ४० सदस्यीय कमिटी निर्वाचित हुनेछ। भुगोलतर्फका अधिकांश सदस्य भने निर्विरोध निर्वाचित भइसकेका छन्। 

उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलाबीच प्रतिस्पर्धा हुनेछ। सचिवका लागि नवराज सिलवाल र हस्तबहादुर पण्डितबीच चुनाव हुनेछ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.