|

काराबाखको इन्धन डिपोमा भएको विष्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ७० पुगेको काराबाख क्षेत्रका अधिकारीहरूले शुक्रबार घोषणा गरेका छन्।

अजरबैजानी सैन्य आक्रमणबाट ज्यान जोगाउन भागेका तथा कैयौँ दिनपछि  खुलेको इन्धन डिपोमा तेल किन्न गएका आर्मेनियालीहरूको विष्फोटमा मृत्यु भएको हो। आफ्नो मोटरमा तेल भरेर गन्तव्यतर्फ हिँडेका उनीहरूको जीवन इन्धन डिपोमा नै समाप्त भयो।

नागोर्नो–काराबाख क्षेत्रका पृथकतावादी लडाकुहरूलाई  निःशस्त्र गर्ने र अजरबैजानसँग एकीकरण गर्ने घोषणा गरेको भोलिपल्ट भएको विष्फोटमा ६८ जनाले ज्यान गुमाएका तथा अन्य दुई सयजना घाइते भएका सरकारी अधिकारीले बताएका थिए।

काराबाख अधिकारीहरूका अनुसार कैयौँको शव पहिचान गर्नसक्ने अवस्थामा नरहेकाले ती अर्मेनियाको फोरेन्सिक मेडिकल जाँच ब्यूरोलाई हस्तान्तरण गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.