|

दोलखा : जिल्लाकाे सिंगटीमा थप ३ किलो सुन भेटिएको छ। बिगु गाउँपालिका ३ सिंगटी बस्ने २८ वर्षका केशर तामाङको कोठाबाट थप ३ केजी सुन बरामद भएको दोलखाका प्रहरी प्रमुख एवं डिएसपी दीपक खड्काले जानकारी दिए।

गत बुधबार ४ केजी सुनसहित पक्राउ परेका केशरको कोठामा खानतलासी गर्दा थप सुन भेटिएको हो। बिगु गाउँपालिका १ का स्थानीय केशर वडा-३ मा कोठा गरी बस्दै आएका थिए।

सुन ओसारपोसार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ। प्रहरीले बिगु गाउँपालिका–१ बस्ने २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा र ३० वर्षीया सुनमाला तामाङलाई पक्राउ गरेको हो।

उनीहरूविरुद्ध प्रहरीले भन्सार ऐन २०६४ तथा संगठित अपराध निवारण ऐन–२०७० विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ। यही प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिगु १ का १९ वर्षका राज तामाङलाई नियन्त्रणमा लिई आजै दोलखा पठाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.