विश्वासघातको आरोप

|

काठमाडौँ : प्रहरीले अभिनेता अनमोल केसीलाई आज भक्तपुरको साँगाबाट पक्राउ गरेको छ। 

आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले थाहाखबरलाई बताए। 

चलचित्र ‘रावायण’मा खेल्नका लागि केसीले १० लाख रुपैयाँ लिए पनि सम्झौता नगरेको र छायाङ्कनमा पनि नआएकाे भनी निर्माताले दिएको जाहेरीका आधारमा  पक्राउ गरिएको उनले जानकारी दिए । केसीविरुद्ध निर्माता चन्द्रकला कटवाल थापाले जाहेरी दिएकी थिइन्।

सहमतिका लागि बोलाउँदा समेत नआएर ‘प्रहरीले सकेको गरोस्’ भन्ने प्रतिक्रिया दिएपछि केसीलाई पक्राउ गरी अनुसन्धान थालिएको जनाइएको छ। 

प्राप्त विवरणमा केसीसहित चलचित्रका अन्य कलाकारसमेतले गरेर निर्माताहरूबाट एक करोड १५ लाख लिएको पाइएको छ। उनीहरूका विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.