|

काठमाडौँ : नेकपा एमाले बागमती प्रदेश अधिवेशनमा ११ सय ३५ मत खसेको छ। मतदान ८ घण्टा चलेको थियो। 

पहिलो बागमती प्रदेश अधिवेशनमा अध्यक्षका लागि केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल प्रतिस्पर्धामा छन्।

त्यसैगरी उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावादोर्जे लामा, नारायण खतिवडा र सुभाषचन्द्र ठकुरी प्रतिस्पर्धामा रहेका छन्। सचिवमा नवराज सिलवाल र हस्त पण्डित प्रतिस्पर्धामा छ।

पदाधिकारी र सदस्य गरी २४० सदस्यीय कमिटीमा ७९ पदका लागि २९० जना उमेदवार छन्। विद्युतीय भोटिङ मेसिनको प्रयोगबाट गरिएको मतदानको परिणाम आजै आउने बताइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.