|

बार्सिलोना स्पेनिस ला लिगा फुटबलको पुनः शीर्ष स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा सेभियालाई १–० गोलले पराजित गर्दै बार्सिलोनाले शीर्ष स्थानमा पुनरागमन गरेको हो।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा सेभियाले दिएको उपहार गोल निर्णायक बन्यो। खेलको ७६ मिनेटमा सर्जियो रामोशबाट आत्मघाती गोल भएको थियो । योसँगै बार्सिलोनाले ८ खेलबाट २० अंक जोडेको छ।

दोस्रो स्थानमा रहेको जिरोनाको सात खेलबाट १९ अंक छ। ७ खेलबाट १८ अंक जोडेको रियल मड्रिड तेस्रो स्थानमा छ। आज राति सवा १० बजे रियल मड्रिड र जिरोनाबीच प्रतिस्पर्धा हुँदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.