अमेरिकी र भारतीय सेनाको संयुक्त युद्ध अभ्यास अमेरिकाको अलास्कामा शुरु भएको छ। दुई देशबीच जारी युद्धाभ्यासअन्तर्गत यो संयुक्त रणनीतिक अभ्यास हो ।
दुवै देशका सेनाले शुक्रबार अलास्कामा अभ्यास गरेका भारतीय सेनाका अधिकारीहरूले बताएका छन्। अभ्यासमा सहभागी हुन भारतीय सेनाको टुकडी हालै अलास्का पुगेको हो।
सैन्य अधिकारीहरूले यसबाट उत्कृष्ट अभ्यास र अनुभवको आदानप्रदान, एकअर्काबाट सिक्न सहज हुने, अन्तरसञ्चालन क्षमता अभिवृद्धि र दुई देशका सेनाबीचको सम्बन्धलाई सुदृढ बनाउने बताएका छन्।
संयुक्त युद्ध अभ्यास यही असोज २१ गतेसम्म सञ्चालन हुनेछ। अभ्यासको अलास्का संस्करणमा भारतीय सेनाका तीन सय ५० जवान सम्मिलित छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।