सूचना दिनेलाई तीन लाख पुरस्कारको घोषणा

|
file photo

भारतमा ईस्लामिक स्टेट आइएसआईएसका तीन जना आतंकबादी लुकेर बसेको खुलासा भएको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार  राष्ट्रिय अनुसन्धान एजेन्सी एनआईले लुकेर बसीरहेका आतंकबादीको खोजी कार्य जारी राखेको छ।

एनआईएले लुकेर बसेका आतंकबादीहरुको सुचना दिनेलाई तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणासमेत गरेको छ। आतंकबादीहरु लुकेर बसेको आंशकामा पुणे प्रहरी र एनआईए टोलीले मध्य दिल्ली क्षेत्रमा छापा मारेको छ तर अहिलेसम्म कुनै सुराग फेला परेको छैन।

अहिले गुप्तचर निकायहरु पनि उनीहरुको खोजीमा जुटेका छन्। प्रहरीका अनुसार मोहम्मद शाहनवाज आलम उर्फ शफी उज्जामा उर्फ अब्दुल्ला, रिजवान अब्दुल हाजी अली र अब्दुल्ला फयाज शेख नामका आतंककारी लुकेर बसेका छन्।

एनआईएले पञ्जाब हरियाणा, राजस्थान, उत्तर प्रदेश र उत्तराखण्डका धेरै ठाउँमा छापा मारिएको छ। छापा मार्दा ठूलो संख्यामा पेस्तोल, गोली र अन्य शंकास्पद वस्तुहरू पनि बरामद भएको छ। एनआईएले आईएसआईएस पुणे मोड्युल मामिलामा ७ जनालाई पक्राउ गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.