|

बाग्लुङ : पर्वतको तमादी खोलाले बाग्लुङबाट पोखरा जाँदै गरेको जीप बगाउँदा ३ जना बेपत्ता भएका छन्।

आज साँझ​ मध्यपहाडी लोकमार्गअन्तर्गत कुश्माको वडानम्बर ७ र ८ को सीमाबाट खोलाले जीपसहित ३ यात्रु बगाएको प्रहरीले जनाएको छ।

ग १ ज ६२१३ नम्बरको जीप बगाउँदा उनीहरू हराइरहेका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख, डिएसपी खुमलाल भुसालले थाहाखबरलाई जानकारी दिए। 

उनका अनुसार बेपत्ता हुने यात्रुहरूको पहिचान खुलेको छैन। उनीहरूको खोजी कार्य तीब्र पारिएको जनाइएकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.