|

काठमाडौं : एसियन गेम्स-२०२२ अन्तर्गत क्रिकेटमा आज नेपालले माल्दिभ्सविरुद्ध खेल्दै छ।

चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा खेल नेपाली समय अनुसार बिहान पौने ७ बजेदेखि शुरु हुनेछ।

नेपालले यसअघि मंगोलियासँग खेलेको खेलमा कीर्तिमानी जित हासिल गरेको थियो। २७३ रनको जित हासिल गरेको नेपालले यस खेलमा कैयौं रेकर्ड समेत बनाएको थियो। 

यो खेल जिते नेपाल समूह ए बाट क्वाटरफाइनलमा पुग्ने छ। यस समूहमा रहेको मंगोलियाले दुवै खेलमा हार बेहोरेर बाहिरिएको छ भने माल्दिभ्सले एक खेल जितेको छ।

यसपछि क्वाटरफाइनलका खेल अक्टोबर ३ र ४ मा हुनेछ। टी-२० फर्म्याटमा आयोजना हुने प्रतियोगिताको प्रत्येक समूहका शीर्ष टोली क्वाटरफाइनलमा पुग्नेछन्। 

भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले भने क्वाटरफाइनलमा सिँधै प्रवेश पाएका छन्। सेमिफाइनल अक्टोबर ६ मा हुनेछ। फाइनल र तेस्रो स्थानको खेल ७ अक्टोबरमा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.