काठमाडौं : इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको विजयी यात्रा टुंगिएको छ। गएराति भएको खेलमा उल्भससँग २–१ ले पराजित भएसँगै साबिक विजेता सिटीको अपराजित यात्रा सातौँ खेलमा आएर टुंगिएको हो।
उल्भसको मैदानमा खेलको १३ औँ मिनेटमा रुवेन डियासले आत्मघाती गोल गरेपछि उपहार गोलबाट घरेलु टोलीले अग्रता बनायो। ५८ औँ मिनेटमा अर्जेन्टिनी युवा फवार्ड जुलिया अल्भारेजले गोल गर्दै सिटीलाई बराबरीमा फर्काए।
तर त्यसको ८ मिनेटपछि हृवांग हि–चानले गोल गर्दै उल्भसलाई २–१ को जित दिलाए।
सिजनको पहिलो हारका बाबजुद ७ खेलमा १८ अंक जोडेको सिटी शीर्ष स्थानमा कायमै छ। उल्भस समान खेलबाट ७ अंकका साथ १३ औँ स्थानमा छ।
शनिबारै सम्पन्न अन्य खेलमा आर्सनलले बर्नमाउथलाई ४–०, न्युक्यासल युनाइटेडले बर्नली तथा वेस्टह्याम युनाइटेडले सेफिल्ड युनाइटेडलाई समान २–० ले हराए।
लुटन टाउनले एभर्टन तथा क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि समान १० को जित हात पारे। ९ खेलाडीमा सीमित लिभरपुल टोटेनहमसँग २–१ ले स्तब्ध भयो ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।