काठमाडौं : जिल्ला समन्वय समिति ओखलढुंगाका सभापति डिल्लीराम खनालको निधन भएको छ।
७३ वर्षीय खनालको आइतबार राति त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचारको क्रममा निधन भएको ओखलढुंगाका प्रदेश सांसद प्रदिप कुमार सुनुवारले जनाकारी र्दि।
उनी दुई वर्षदेखि प्यान्क्रियाजको क्यान्सर रोगबाट पीडित थिए। नेपाली कांग्रेसका पुराना नेता खनाल इमान्दार छवि भएका नेताको रुपमा परिचित थिए। उनका श्रीमती दुई छोरा र २ छोरी छन्। खनालको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।