काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )ले प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्ने भएको छ।
रास्वपाका सभापति रवि लामिछानेले चाड पर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरि सरकारले गरेको मूल्यवृद्धि प्रति आपत्ति जनाउँदै यसको विरोधमा बैठक बहिष्कार गरेको जानकारी दिए। थप कार्यक्रम बारे जानकारी दिने लामिछानेको भनाइ छ। सरकारले आजदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। यसको चौतर्फी आलोचना भइरहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बिहान ११ बजे छलफलका लागि बोलाएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।