|

काठमाडौं : चीनको हाङझाउ जारी एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले बंगलादेशलाई पराजित गरेको छ। 

आज बिहान भएको खेलमा समूह बीको नेपालले बंगलादेशलाई ३७–२४ अंकले पराजित गरेको हो। योसँगै नेपालले सेमिफाइनल प्रवेशको सम्भावनासमेत बलियो बनाएको छ। 

यो समूहमा नेपाल, बंगलादेश र इरान रहेका छन्। नेपालले भोलि इरानसँग प्रतिस्पर्धा गर्दैछ। इरानसँग पराजित भए पनि इरानले पर्सि हुने खेलमा बंगलादेशलाई पराजित गरे नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ। महिला कबड्डीको समूह एमा दक्षिण कोरिया, भारत, थाइल्यान्ड र चाइनिज ताइपेई छन्। 

यसैबीच आज बिहान भएको महिला भलिबलमा नेपाल दक्षिण कोरियासँग पराजित भएको छ। नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको हो। पहिलो खेलमा भियतनामसँग पराजित भएको नेपाल आज दक्षिण कोरियासँग पराजित भएसँगै प्रारम्भिक चरणबाटै बाहिरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.