|

मकवानपुर : पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा–१५ चुरिमाई मन्दिर नजिक सवारी दुर्घटना हुँदा नौ जना यात्रु घाइते भएका छन्।

आज बिहान विरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ज २११ नम्बरको विङ्गर र नेपालगञ्जबाट सिन्धुलीतर्फ जाँदै गरेको ना ७ ख १६४३ नम्बरको बस ‍एक–आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै सवारीका नौ यात्रु घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ।

घाइतेहरुलाई प्रहरीले उद्दार गरेर उपचारको लागि हेटौंडा अस्पताल ल्याएको जनाइएको छ। घाइतेको नाम खुल्न बाँकी रहेको छ। दुवै सवारी र चालक प्रहरी नियन्त्रणमा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.