काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी रहेको बताएका छन्।
सोमबार ललितिपुरमा आयोजित विश्व लगानी कर्ता सप्ताह २०२३ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले लगानी कर्ताको लगानी सुरक्षित गर्नुपर्ने कुरा सबैभन्दा चुनौती र जरुरी रहेको बताए।
उनले अहिले शेयर मार्केट तल झर्नुमा रेगुलेशन र माइक्रो म्यानेजकमेण्टका केही समस्याहरु रहेको बताए। उनले विस्तारै शेयर बजार बढ्दै जाने दाबी गरे।
उनले शेयर बजारमा रहेको समस्या समाधानका लागि चाँडै नै समाधानका उपाय खोज्ने बताए। उनले साना वचत कर्ताहरुको लगानी सुरक्षित गरेर जानुपर्ने आवश्यकता रहेको बताए।
उनले भने, ‘यद्यपी अहिले शेयर मार्केट तल झरेको छ। त्यसको अलिकति विविध कारण छन्। रेगुलेशनका केही माइक्रो म्यानेजकमेण्टका कुराहरुले पनि समस्याहरु आएको छ। यसको बिस्तारै समाधान हुँदै जान्छ। र समाधान हुनुपर्छ। त्यसमा केही निर्णयहरु चाँडै आउलान् भन्ने पनि मैले विश्वास लिएको छु। तथापि जे भए पनि यो शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी छ। त्यसको बेनिफिट आम लगानी कर्ता जो सानासाना वचत कर्ताहरु छन्, र यो मार्फतबाट केही हुन्छ कि? भनेर लगानी गर्न अग्रसर हुन्छन्। उहाँहरुको लगानी सुरक्षित गर्न जरुरी छ।'
मन्त्री महतले लगानी सुरक्षित गर्ने कुरामा कतिपय बेलामा इन्साइडर ट्रेडिङका कुराहरु आउने र सूचना लिक हुने प्रवृत्तिहरु देखिएको भन्दै यसलाई निर्णायक हिसावले दायरामा ल्याउनुपर्ने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।