|

काठमाडौँ : नेपाल फिफा वरीयतामा दुई स्थान तल झरेको छ।

विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीवार सार्वजनिक गरेको पुरुष वरीयतामा नेपाल २ स्थान खस्किएर १७५औँ स्थानमा झरेको हो। यसअघि नेपाल १७३औँ स्थानमा थियो।

नेपालले हालै सम्पन्न सन् २०२६ को विश्वकप छनोटको दोस्रो चरणको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) र यमनसँग हार खेपेका कारण वरीयतामा खस्किएको हो। 

दक्षिण एशियाली देशमा भने नेपाल तेस्रो स्थानमा छ। भारत समग्रमा १०२औँ र माल्दिभ्स १६१औँ स्थानमा छ। बङ्गलादेश १८३औँ, भुटान १८४औँ, पाकिस्तान १९५औँ र श्रीलङ्का २०४औँ स्थानमा छ। 

विश्व वरीयताको शीर्षस्थानमा विश्वकप विजेता अर्जेन्टिना रहेको छ। उपविजेता फ्रान्स दोस्रो, इङ्गल्याण्ड तेस्रो, बेल्जियम चौथो र ब्राजिल पाँचौँ स्थानमा छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.