|

युरोपेली संघ (इयु) का सदस्य राष्ट्रहरूले २०२२ मा रक्षा खर्चका लागि सामूहिक रूपमा २४० बिलियन यूरो (२६२.४ बिलियन अमेरिकी डलर) विनियोजन गरेको तथ्यांकले देखाएको छ।

बिहीबार जारी गरिएको युरोपेली रक्षा एजेन्सी (इडीए) प्रतिवेदनमा यस्तो खुलासा गरिएको हो। यो रक्षा खर्चका लागि छुट्याइएको इतिहासकै बढी रकम हो। इडिए डिफेन्स डाटा २०२२ प्रतिवेदनअनुसार यो संख्या एक वर्ष अघिको तुलनामा ६ प्रतिशतले बढी हो।

२७ इयु सदस्य राष्ट्रहरूमध्ये २० ले आफ्नो रक्षा खर्च बढाएका थिए। २००४ मा स्थापित इडिए युरोपेली रक्षा सहयोगको लागि केन्द्रिय हबको रूपमा कार्य गर्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.