इजरायल–हमास द्वन्द्वमा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो

|

इजरायल र हमास बीचको अस्थायी युद्धविरामको क्रममा केही गाजाका बासिन्दाहरू आफ्नो घर फर्केका छन्। तर भग्नावशेष मात्र भेटिएका छन्। गाजा पट्टीको दक्षिणमा रहेको अल–जाहरा छिमेकमा मानिसहरूले भग्नावशेषमुनिबाट केही सामानहरू संकलन गर्ने प्रयास गरिरहेका छन्। युद्धअघि आफूहरू सुरक्षित रूपमा बसेको भएपनि युद्ध सुरू भएपछि भवनहरू ध्वस्त पारेको उनीहरूको भनाइ छ।

इजरायलको विरूद्ध हमासले अक्टोबर ७ मा गरेको आक्रमणको बदलामा गाजामा इजरायली हमलाहरूपछि दुई पक्षहरू गत हप्ता चार दिनको मानवीय युद्धविराममा पुगेका थिए।

इजरायल–हमास द्वन्द्वमा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या १५ हजार नाघेको प्यालेस्टिनले जनाएको छ।  इजरायलले हमासको आक्रमणमा करिव १२ सय व्यक्तिको मृत्यु भएको र २ सय भन्दा बढी व्यक्तिलाई बन्धक बनाएको बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.