|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार अहिले हल्लिइरहेकाले आफैं ढल्ने बताएका छन्। 

पार्टीको मध्यपहाडी संकल्प यात्रा अन्तर्गत शुक्रबार डडेलधुराको अमरगढीमा आयोजित सन्देशसभालाई सम्बोधन गर्दै उनले सरकारको जग नै बलियो नभएको टिप्पणी गरे। 

‘ यो सरकार कसैले ढाल्नुपर्दैन, सरकार अहिले हल्लिइराखेको छ ।, हामी पश्चिमदेखि पूर्वसम्मको तीन हप्ताको अभियानमा लागेका छौं । यो सरकार आफैं ढल्न पनि सक्छ कुनै समय।’ उनले भने, ‘यो खुट्टा भएको सरकार नै होइन । गठबन्धनको छेस्काले अड्याएको सरकार हो । यसको कुनै सिद्धान्त, नीति, योजना र कार्यक्रम छैन ।’
उनले यो सरकार मोटामोटी माओवादीका नीतिमा प्रचण्डपथमा हिँड्न खोजेको तर नसकिरहेको टिप्पणी गरे। नेपाली कांग्रेस प्रचण्डपथको भरिया बनेर हिँडिरहेको ओलीको आरोप छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.