|

काठमाडौं : ​काठमाडौं महानगरपालिकाले सिनो व्यवस्थापन गर्न इन्सिनरेटर खरिद गर्ने भएको छ। महानगरपालिकाका प्रमुख बालेन शाहले सहज रुपमा मृत जनावरको व्यवस्थापन गर्न इन्सिनिरेटर खरिद गर्न लागेको जानकारी दिएका छन्। 

उनले चौपायाहरूलाई ओसारपसार गर्न एम्बुलेन्स पनि खरिद प्रक्रियामा रहेको पनि जानकारी दिए। उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘मृत जनावरको व्यवस्थापनका लागि इन्सिनरेटर खरिद गर्दैछौँ, यसबाट पशु कल्याण तथा सहज वातावरणमा बाँच्ने पशु अधिकारमा नयाँ आयाम थपिनेछ।’

उनले २ महिनाभित्र ३ हजार ४६९ वटा सामुदायिक कुकुर तथा बिरालोको बन्ध्याकरण गरेको पनि बताए। उनका अनुसार ५ हजार ३२० वटा कुकुर तथा बिरालोलाई रेबिजविरुद्धको खोप दिइएको छ। यही गतिमा काम गरेर मंसिर मसान्तभित्र सामुदायिक कुकुर र बिरालो सबैलाई बन्ध्याकरण र खोप दिइसकिने उनकाे भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.