|
फाइल फोटो

काठमाडौं : भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेश उच्चले बेरितको भन्दै शुक्रबार बदर गरेको हो। 

न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासले उनलाई १५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश गरेको अदालतका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए।

उनको उमेर ७६ वर्ष पुगेको ज्येष्ठ नागरिक भएको, मानसिक स्वास्थ्यमा पनि समस्या देखिएको र रकम ठगीमा पनि प्रत्यक्ष संलग्नता नदेखिएको भन्दै उनलाई धरौटीमा छाड्न आदेश दिइएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.