|

काठमाडौँ : युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नेपालको राजनीतिमा विदेशी शक्तिको चलखेल बढिरहेको बताएका छन्।

शुक्रवार काठमाडौँमा भएको राष्ट्रिय युवा नीति बहससम्बन्धी राष्ट्रिय कार्यशालामा बोल्दै उनले विदेशी शक्तिका कारण देशमा अस्थिरता भएको बताए। उनले राजनीतिक क्षेत्र अस्थिर हुँदा देशमा विकास हुन नसक्ने बताए।

उनले राजनीति किन गर्ने ? के पाइन्छ ? भन्ने खालको प्रश्न युवाहरुले गर्ने गरेको भन्दै अब राम्रोका लागि दबाब सिर्जना गर्ने र राम्रोका लागि सुझाव दिनुपर्ने आवश्यकता रहेको बताए। उनले अबको नीति अग्रज, युवा र भावी पुस्तालाई जोड्ने गरी निर्माण हुनुपर्नेमा जोड दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.