|

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा रहेको  तीन मन्त्रीहरुले जिम्मेवारी पाउने भएका छन्।

मन्त्रिमण्डलमा रहेका माओवादीका गणेश उप्रेती, नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगु र काँग्रेसका शम्शेर राईले मन्त्रालयको जिम्मेवारी पाउने भएका हुन्।

उप्रेतीले पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाली कांग्रेसका शमशेर राईले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेकपा एकीकृत समाजवादीका कमल जवेगुले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउने भएका मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ। 

गत असोज २७ गते नियुक्त भएका मुख्यमन्त्री केदार कार्कीले सोही दिन शमशेर राई र एमालेका राम रानालाई मन्त्री नियुक्त गरेका थिए। यस्तै कार्तिक १७ गते माओवादी र नेकपा एसका तर्फबाट उप्रेती र जबेगुलाई नियुक्त गरेका थिए।

त्यसलगत्तै एमालेबाट मन्त्री बनेका राम रानाले भने राजीनामा दिएका थिए। मन्त्रीहरुलाई विभागीय जिम्मेवारी दिन आज नै मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखलाई सिफारिस गर्ने मुख्यमन्त्री निकट स्रोतले जनाएको छ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु र मुख्यमन्त्रीबीच बिहीबार भएको बैठकले मन्त्रीहरुलाई जिम्मेवारी दिने सहमति गरेको थियो। तीन मन्त्रीले जिम्मेवारी पाए पनि सरकार विस्तार भने केही समयपछि मात्र गर्ने सहमति गठबन्धन दलहरुबीच भएको छ।

यता, सभामुखको निर्वाचन भने उपसभामुख अस्ट्रेलियाबाट आएपछि अगाडि बढाउने गरी सरकारले सहजीकरण गर्ने भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.