|

खोटाङ : दिक्तेलस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको बचत ठगीसम्बन्धी कसूरमा ३५ जनाविरुद्ध अभियोगपत्र दायर गरेको छ। 

बचतकर्ताको लगानी अपचलन आरोपमा सहकारीका वर्तमान तथा निवर्तमान सञ्चालक समिति, सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशी तथा जोशीका परिवार, सहकारीका प्रबन्धक, लेखापाल र ऋणीविरुद्ध अभियोगपत्र दायर गरेको हो। 

मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा ३२ बमोजिम प्रतिवादीविरुद्ध सरकारी वकिलले अभियोगपत्र दायर भएको अदालतका श्रेस्तेदार सीताराम खड्काले जानकारी  दिए। 

सहकारीका दुई सय ६५ बचतकर्ताले ३५ प्रतिवादीबाट चार करोड ४० लाख ६१ हजार १८ बिगो माग दाबी गरेका छन्। 

अभियोगपत्र पेस भएसँगै प्रतिवादीमध्ये हिरासतमा रहेका नौ जनाको बयान सुरु गरिएको श्रेस्तेदार खड्काले जानकारी दिए। 

विसं २०७२ मङ्सिर–१० गतेदेखि दिक्तेलबजारमा कारोबार सुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने तत्कालीन अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको हो।   

तत्कालीन अध्यक्ष जोशीको कोभिड–१९ को सङ्क्रमणका कारण २०७८ वैशाख–१५ गते पोखरामा निधन भएको थियो।
 

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.