|

काठमाडौं : काठमाडौँमा आजदेखि ५ दिने तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव (तेस्रो अन्तर्राष्ट्रिय वाटरकलर फेष्टिवल) सुरु हुँदै छ। 

३९ देशका तीन सय ४० कलाकृति प्रदर्शनी गरिने उक्त कला महोत्सवमा सहभागी हुनेका लागि स्वदेशी तथा विदेशी कलाकार काठमाडौँ आइसकेका छन्। कला महोत्सवका लागि विदेशबाट ३० जना कलाकार आएका छन् भने एक सय ५० भन्दा बढी नेपालका कलाकार सहभागी हुनेछन्। 

फेष्टिवलले नेपालको मौलिक पहिचान विश्वसामु पुर्‍याउन सहयोग पुग्ने कार्यक्रम संयोजक एनबी गुरुङले जानकारी दिए। कला महोत्सवमा सहभागी हुन बेलायत, म्यानमार, थाइल्यान्ड, बङ्गलादेश, भारत, अस्ट्रियालगायत देशका ३० जना कलाकार नेपाल आएका छन्। महोत्सवमा सहभागी गराइने तीन सय ४० कला सिर्जनामध्ये नेपालका एक सय १५ जना कलाकारका सिर्जना सहभागी गराइएको छ।  

कला महोत्सव मङ्सिर २० गतेसम्म चल्नेछ। उद्घाटनपछि नेपाल कला परिषद् बबरमहलमा विदेशी कलाकारको सहभागितामा कला डेमोस्ट्रेसन हुने र त्यसबाट सिकाइ आदानप्रदान हुने महोत्सव संयोजक गुरुङले बताए। 

यसअघि महोत्सवकै रूपमा लुम्बिनी, पोखरा, काठमाडौँलगायत विभिन्न क्षेत्रमा यसै गरी कला महोत्सव गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.