|
प्रतीकात्मक फाइल फोटो

पाकिस्तानको बलुचिस्तानको डुकी कोइला क्षेत्रको एक निजी खानीमा आगलागी हुँदा दुई कामदारको मृत्यु भएको छ भने तीनजना घाइते भएका  छन्।

तीन हजार ५ सय फिट गहिराइमा काम गरिरहेका पाँचजना कामदार खानीभित्र रहेको इन्जिनमा आगलागी भएको थियो। समाचारमा जनाइएअनुअनुसार आगलागीका कारण खानीमा काम गर्नेहरू फसेका थिए र खानी जलेर नष्ट भएको थियो।

 खानी निरीक्षक मकसुद अहमदले आगलागीको सूचना पाएलगत्तै उद्धार टोली घटनास्थलमा पुगेको बताए। अहमदका अनुसार उद्धार टोलीले फसेका कामदारहरूलाई उद्धार गर्न अभियान सुरु गरे पनि घटनास्थलबाट दुई खानी मजदुरको मृत्यु भएको छ भने तीनजना जलेर घाइते भएका छन्।

अहमदले मृतक खानी कामदारहरूको पहिचान अब्दुल्ला र बरखातुल्लाह भएको र उनीहरू अफगानिस्तानका नागरिक भएको बताइएको छ।

अहमदका अनुसार घाइते सैद जान, रुजुद्दिन र मतिउल्लाहलाई उपचारका लागि दुकी अस्पतालमा भर्ना गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.