|

सोमालियामा भारी वर्षाका कारण आएको बाढीका कारण झण्डै १०० जनाको मृत्यु भएको छ।  बाढीबाट करिब ७ लाख ५० हजार मानिस घरबारविहीन भएको  मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालयले शुक्रबार जनाएको छ। 'देश विपत्तिमा छ,  विनाशकारी वर्षा र बाढी फैलिरहेको छ,' एजेन्सीले  उल्लेख गरेको छ।

मुसलधारे वर्षाले नदीमा पानीको बहाव बछेपछि दक्षिण पश्चिम, गाल्मुडुग, पुन्टल्याण्ड, हर्साबेले र जुबाल्याण्ड, साथै बानादिर क्षेत्रका अधिकांश मानिसहरूप प्रत्यक्ष प्रभावित भएका छन्।

 संयुक्त राष्ट्रसंघ मानवीय एजेन्सीले जनाएअनुसार लाखौं सोमालीहरूले भोक र कुपोषणसँग लडिरहेक बेला प्राकृतिक विपत्तिले स्थिति झन् दर्दनाक बनाएको छ।  पाँच वर्ष मुनिका १५ लाख बालबालिका कुपोषणको चरम पीडाको सामना गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.