|

काठमाडौं : एसएस फाउण्डेशनले दोलखाका विभिन्न विद्यालयहरुलाई ४ सय ५५ वटा झोला हस्तान्तरण गरेको छ।

शनिबार काठमाडौंमा विद्यालयका प्रतिनिधिहरुलाई ४ सय ५५ वटा झोला विद्यार्थीहरुका लागि हस्तान्तरण गरिएको हो। झोलाहरु राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं संसदीय दलका उपनेता बुद्धिमान तामाङले विद्यालयका प्रतिनिधिहरुलाई हस्तान्तरण गरे।

दोलखाको जिरी नगरपालिका ५ को ढुंगेश्वरी माध्यमिक विद्यालयलाई २९७, जिरी नगरपालिका ६ मिथिल्लो सिक्री आधारभुत विद्यालयलाई ४५, जिरी नगरपालिका ७ को देउराली आधारभुत विद्यालयलाई ४५, जिरी नगरवपालिका ७ कै छहारे आधारभुत विद्यालयलाई ४० र जिरी नगरपालिका ७ को सेरोल्पा आधारभुत विद्यालयलाई २८ गरी कुल ४ सय ५५ थान झोला हस्तान्तरिण गरिएको हो।

झोला हस्तान्तरणपछि उपनेता तामाङले एसएस फाउण्डेशनले  विभिन्न स्थानका विद्यालयहरुका आर्थिक विपन्न विद्यार्थीहरुलाई विद्यालयमा आवश्यक पर्ने झोला लगायतका सामग्रीहरु प्रदान गर्दै आइरहेको बताए।

उनले कोभिडको समयमा पनि फाउण्डेशनले धेरै सहयोग गरेको र आगामी दिनमा पनि यस्ता सहयोग निरन्तर गर्नेमा आशावादी रहेको बताए।

उनले भने, ‘खास गरेर यो एसएस फाउण्डेशनले जुन किसिमको स्कुलहरुमा झोला र विद्यार्थीहरुलाई आवश्यक पर्ने अन्य सामग्री दिइरहेको छ, त्यसको अलावा कोभिडको समयमा पनि धेरै सहयोग गर्ने काम गरेको छ । यस फाउण्डेशनबाट समाजमा दिनदुःखीलाई सहयोग गर्दै आएको छ। आपत्कालीन अफ्ठ्यारो जसलाई परिरहेको छ, त्यसलाई पनि आपत्कालीनमा सम्बोधन गरेको छ। यो प्रशंसनीय काम हो। यो नमूनायोग्य काम हो।’

नेता तामाङले फाउण्डेशनको यो काम नमूनायोग्य र प्रशंसनीय रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.