|

बैतडी : बलात्कारको आरोपमा बैतडीमा एक युवक पक्राउ  परेका छन्। पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका-३ गुजरका २१ वर्षीय राजेश लुहार रहेका छन्।

राजेशलाई १७ वर्षीया किशोरीलाई जबरजस्तीकरणी गरेको आरोप लागेको छ। किशोरीका आफन्तले दिएको जाहेरीअनुसार लुहारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले बताए। 

यही मंसिर १० गते राति किशोरीलाई लुहारले जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको छ। सोही उजुरीको आधारमा शुक्रबार इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी टोलीले युवकलाई पक्राउ गरेको जनाएको छ। 

राजेशविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएर थप  अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.