|

काठमाडौं : काठमाडौं​ उपत्यकामा आइतबार वर्षकै बढी चिसो महशुस गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन गरिएको छ। 

शनिबार न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस थियो। काठमाडौं उपत्यकासहित देशभर औसतमा दैनिक एक डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको महाशाखाले जनाएको छ। 

आइतबार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २० देखि २२ सम्म पुग्ने अनुमान गरेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.