|

काठमाडौं : भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना सुरु भएको छ।  अहिले मध्य प्रदेश, राजस्थान, छत्तीसगढ र तेलंगनाको मतगणना जारी रहेको छ भने मिजोरममा गणा सुरु भएको छैन्। ​

सुरुआती परिणाम अनुसार २ राज्यमा बिजेपी र २ वटामा कांग्रेस अगाडि देखिएको छ। मध्य प्रदेशमा बिजेपीले १२६ सिटमा अग्रता लिएको छ। त्यहाँ कांग्रेसले ८९ सिटमा अग्रता लिएको छ। यहाँ बहुमतका लागि ११६ सिट जित्नु आवश्यक छ। मध्य प्रदेशमा २३० सिटका लागि भएको निर्वाचनमा अहिले २१६ को गणना जारी रहेको छ।

यस्तै राजस्थानमा बिजेपी ९४ सिटमा अगाडि हुँदा कांग्रेसले ९३ सिटमा अग्रता लिएको छ। यहाँ बहुमतका लागि १०० सिट आवश्यक पर्छ। राजस्थामा १९९ सिटका लागि भएको निर्वाचनमा १९८ क्षेत्रको गणना जारी छ ।

यस्तै छत्तीसगढ र तेलंगनामा कांग्रेस अगाडि छ। छत्तीसगढमा कांग्रेस ५२ सिटमा अगाडि हुँदा बिजेपी ३४ मा छ। यहाँ बहुमतका लागि ४६ सिट जित्नु आवश्यक छ । छत्तीसगढमा ९० सिटका लागि भएको निर्वाच्नमा ८६ क्षेत्रमा मतगणना जारी छ।

त्यसैगरी तेलंगनामा कांग्रेसले ५९  सिटमा अग्रता लिएको छ। यहाँ बिजेपी १२ सिटमा मात्रै अगाडि छ। बीआरएस पार्टीले ३४ सिटमा अग्रता लिएको छ। यहाँ बहुमतका लागि ६० सिट आवश्यक पर्छ। तेलंगनामा ११९ सिटका लागि भएको निर्वाचनमा ११४ सिटको गणना जारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.