|

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मान्छेलाई मारेर चुनाव जित्ने कुरा घीनलाग्दो भएको बताएका छन्।

महाकाली—मेची यात्राका क्रममा आइतवार अछामको विनायकमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले मानिसमाथि आक्रमण र हत्या गरी चुनाव जित्ने संस्कृति घीनलाग्दो भएको बताए। उनले आफू सरकारमा रहँदा यस्ता कुरालाई हतोत्साही गरेको बताए।

उनले अहिलेको सरकारले हत्यारालाई माफी दिने, मुद्दा चलाउन नमान्ने, चलाइहाले मुद्दा फिर्ता लिने, अदालतले सर्वस्वसहित जन्मकैद गरे तुरुन्त मुद्दा फिर्ता लिने गरेको बताए।

उनले भने, ‘२०७९ साल जेठ १७ गते विनोद शाही जस्ता होनहार युवाको जसरी हत्या भयो, त्यसको म विरोध गर्न चाहन्छु। आफूजस्तै मान्छेलाई मारेर चुनाव जित्नु भनेको घीनलाग्दो कुरा हो। हामी सरकारमा हुँदा यस्तो हुन पाउँदैन। अहिलेको सरकारले हत्यारालाई माफी दिने, तुरुन्त मुद्दा फिर्ता लिन्छ। अहिले धमाधम अदालतले त्यस्ता मुद्दा फिर्ता लिन पाउँदैनौ, सजाय हुनुपर्छ भनेर फेरि जेलमा हालेको छ। म विनोद शाहीलाई शहीद घोषणा गर्दछु।’

अध्यक्ष ओलीले चुनावकै विषयमा २०७९ साल जेठ १७ गते अछामका विनोद शाहीलाई बेपत्ता बनाई हत्या गरिएकोमा खेद प्रकट गर्दै शहीद घोषणा गरे। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.