|

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकबाट पार्टी वैचारिकरुपमा समृद्ध र संगठनात्मकरुपमा सबल बनेको बताएका छन्।

बिहीवार पार्टीको महासमिति बैठक समापन सत्रलाई सम्बोधन गर्दै सभापति देउवाले महासमिति बैठकबाट पार्टीप्रति सकारात्मक सन्देश प्रवाह भएको बताए। 

उनले पार्टी अनुशासित, ऊर्जावान र एकताबद्ध बनाउने सन्देश पनि प्रवाह भएको बताए। उनले महासमिति बैठकले नेपाल र नेपाली कांग्रेसको राजनीतिमा एक विशिष्ट ऐतिहासिक महत्व राख्ने विश्वास व्यक्त गरे। 

देउवाले महासमिति बैठकपछि नेपाली कांग्रेसप्रति थप विश्वास गर्ने वातावरण बनेको पनि जिकिर गरे। 

सभापति देउवाले कांग्रेस सत्तारुढ गठबन्धनको प्रमुख घटक भएको भन्दै मुलुकमा सुशासन, विकास र समृद्धि ल्याउन सरकारलाई सहयोग गर्नु मुख्य दायित्व हुने उल्लेख गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.